पाँचथर, १९ जेठ
पाँचथरमा जंगली च्याउ खाएर दुई जनाको ज्यान गएको छ ।

chyauएक जना गम्भीर बिरामी परेका छन् । गत शुक्रबार जंगली च्याउ खाएर बिरामी भएकी थर्पु–६ की पुष्पलता माबोको धरानमा उपचारको ज्यान गएको हो ।

यस्तै जंगली च्याउकै कारण फिदिम–३ का ३५ वर्षका बसन्त राईको ज्यान गएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएका फिदिम–३ का निशेष राई गम्भीर विरामी भएका छन् । पाँचथरमा पछिल्लो १० दिनमा जंगली च्याउ खाएर सात जनाको ज्यान गएको छ । १० जना गम्भीर बिरामी परेका छन् ।।