इन्द्रेणी संवाददाता
देउखुरी, १९ जेठ
देउखुरीका व्यवसायिहरुले कोईलावास नाका नियमित सञ्चालन कोइलावास भन्सारसंग गर्न माग गरेका छन् । कोईलावास नाका सञ्चालनमा आए मात्रै भन्सार कार्यालयले काम पाउने उनीहरुको भनाइ छ ।
दाङको छिमेकी जिल्ला कपिलवस्तु र वाँकेको सिमाना सम्म पर्ने नाका क्षेत्रवाट अवैधरुपमा कपडा, गोरु, सुर्ती जन्य वस्तुको चोरी निकासी तथा चोरी पैठारी भैरहेको छ ।
नाका क्षेत्रवाट हुने अवैध कारोवार रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी, भन्सार कार्यालय, नागरिक समाज, कृषि, पशु कार्यालय, उद्योग वाणिज्य संघ लगाएत सरोकारवालाहरुले समन्वयकारी भुमिका खेल्न पनि व्यवसायिहरुको माग छ ।
राणाकाल देखीनै सञ्चालनमा रहेको कोईलावास नाका कुनै समयको ‘चर्चीत’ नाका मध्य परेको कोईलावास नाकावाट कारोवार नहुदा उक्त नाका सुनसान वनेको छ । कोईलावास नाका दाङ देउखुरीलाई विकासको मुल धारमा ल्याउने एउटा प्रमुख आधारमा पर्ने कोईलावास भन्सार कार्यालयका प्रमुख ओमप्रकास केसीले वताउनुभयो ।।