इन्द्रेणी संवाददाता
काठमाण्डौ, १९ जेठ
सरकारले पहिलोपटक विदेशमा अलपत्र कामदारको उद्धारका लागि छुट्टै सुनवाइ संयन्त्र स्थापना गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ¥यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो ।bidesh

टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धार लाग्न जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको टिमले विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि तुरुन्त पहल गर्नेछ ।

मन्त्रालयकी सह–सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिनेछ ।

यसलाई भविष्यमा २४ घण्टा नै विदेशमा अलपत्र परेका र ठगिएका कामदारको गुनासो सुन्ने र संयन्त्रका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ । टीमलाई विदेशमा अलपत्र महिला कामदारको गुनासो सुन्ने र महिला विदेश जानुअघि नै कम्पनीको वातावरण कस्तो छ भनेर बुझ्ने मुख्य जिम्मेवारी दिइएको छ ।।
कोईलावास नाका नियमित सञ्चालन गर्न ब्यवसायीहरुले माग गरेका छन् । कोईलावास भन्सार कार्यालयले पहीलो पल्ट आयोजना गरेको औपचारीक कार्यक्रममा देउखुरीका ब्यवसायीहरुले कोईलावास नाका नियमित सञ्चालन गर्न माग गरेका हुन् ।।