इन्द्रेणी संवाददाता
काठमाण्डौ, १९ जेठ
नियमित दुध सेवन, स्वस्थ र समृद्ध जीवन भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाइने भएको छ ।दूध तथा दुग्धजन्य पदार्थ उपभोगमा सबैको पहुच पु¥याउने उद्देश्यले विभिन्न सरोकारवाला निकायको सहकार्यमा राष्ट्रिय दुग्ध विकास बोर्डले आज विविध कार्यक्रम गर्ने तयारी गरेको छ ।
दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायबाट कार्यक्रमहरु भएका छन । विश्व खाद्य संगठनले सन् २००१ देखि अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।
पशुपन्छी विकास मन्त्रालयले घोषणा गरेको ४० बुँदे प्रतिबद्धतापत्रमा आगामी एक वर्ष भित्रमा डेरी डेभलपमेन्ट प्लान तयार गरी कार्यान्वयनमा ल्याइने, राष्ट्रिय दुध विकास बोर्डलाई नीति निर्माण, समस्या र सम्भाव्यताको पहिचान, व्यवसायिक योजना, निर्माण र नमूना उत्पादन प्रदर्शन गर्ने समेत उल्लेख छ ।
नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष ६४ लिटर दुध उपभोग गरेको पाइन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुधको आवश्यकता पर्छ ।।
