इन्द्रेनी संवाददाता

जेष्ठ १८ घोराही, राप्तीका गायन क्षेत्रमा रहेका नव प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सूरुवात गरिएको उत्र्सग फिल्मस् प्रा.लि. द्वारा अयोजित हिरो अफ् भ्वइस सिजन ४ का अन्तिम प्रतिस्प्रधाका प्रतियोगीहरुको सम्मानको लागि आज हिरो अफ् भ्वइसले शुभकामान तथा 13349056_1369487976413324_1208149249_nवधाई कार्यक्रम गरेको छ । राप्ती अंचलको सर्वा्धिक लोकप्रिय  ममनिने यस गायन प्रतियोगितामा प्रतियोगिहरुको मनोवल वढाउने उद्देश्यका साथ गरिएको हो । उक्त कार्यक्रममा ७ जना प्रतिनिधिले आफ्नो कला प्रस्तुत गरेका थिए । यूवा व्यवसायी तथा  हिरो अफ् भ्वइस सिजन ४ सल्लाहकार ज्वाला खतिवडाको सभापतित्व नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संचारकर्मी तथा पत्रकार देवेन्द्र संगम वस्नेतले प्रतियोगी लाई उत्साह र शुभकामना दिदै आफ्नो गित प्रस्तुत गर्न‘ुभएकोथियो । उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितले   शुभकामना वअट सुरु भएको कार्यक्रमको संचालन हिमा के.सी.ले गर्नु भएको थियो । हिरो अफ भ्वाइस ४ को शनिबार घोराहीमा भएको प्रतिष्पर्धा राउण्डमा उत्कृष्ट १५ जना छानिएका थिए ।