चैत्र १ , काठमाडौ । आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उहाँले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गर्नुभएको हो ।

Ghasi Nepalसामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उहाँले आत्माशान्तिका लागि सहयोग गरेको बताउनु भयो । उहाँले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।