रबिन्द्र यादव
नवलपरासी , ३० फागुन । नेपाल निजामती कर्मचारी यूनियन (संघ) नवलपरासीको सातौं जिल्ला अधिबेशनले सुनिल लामिछानेको अध्यक्षतामा १५ सदस्सीय नयां कार्य समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा मोहम्मद ओजीम आलम ,महिला उपाध्यक्षमा संगीता अर्याल , समाबेशी उपाध्यक्ष तर्फ रामदेब महासेठ , सचिबमा हरी शर्मा वाग्ले , कोषाध्यक्षमा सकुन्तला शर्मा र सहसचिबमा बाबुराम भण्डारी चयन भएका छन् ।
यसैगरी समितीको सदस्यतहरुमा बालकृष्ण सुबेदी , माया शर्मा , रुकपणी पौडेल ,यम प्रसाद भुसाल ,ओम प्रकाश अर्याल ,धर्मराज यादव , कृष्ण पौडेल र कृष्ण अर्याल रहेका छन् ।
कर्मचारी माझं निकै लोप्रिय युवा ब्यक्तीत्व लामीछाने संघको अध्यक्ष भएपछि जिल्लामा कर्मचारीहरुको पेशागत ग्यारेन्टी सुरक्षीत हुनेमा कर्मचारीहरु आशाबादी बनेका छन् ।
लामीछाने अध्यक्षमा निर्वार्चित भएपछि पत्रकारहरुलाई संक्षीप्त प्रतिकृया दिदै कर्मचारीहरुले आफुलाई बिस्वास गरेर दिएको यो जिम्मेबारीलाई आफुहरुले कर्मचारीको भावना अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
आगामी तिन बर्ष कार्यकालका लागी भएको अधिबेशनमा बाकी रहेका २ सदस्य पछि मनोनित हुने नव निर्वार्चीत अध्यक्ष लामीछानले जानकारी दिए ।
