काठमाडौं ३० फाल्गुन । नेपाली सेनाले पछिल्लो समय तराइ मधेस पुगेर त्याहाँका स्थानीयबासीको मनोविज्ञान बुझ्ने प्रयास थालेको खबर आजको नागरिकमा छ ।

Rajendra-chettri-सुक्ष्म अन्वेषण अन्तर्गत सेनाले प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो ।

यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले साउन १० मा जंगीअड्डामा आयोजित एउटा कार्यक्रममा यसको औपचारिक खुलासा गरिसकेका थिए ।
रातोपाटीबाट