दाङ, २८ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्र्तगत दाङको लमहीमा आज हुने जनसभाको तयारी सकिएको छ । सोमबार लमहीको बगियामा हुने विशाल र ऐतिहासिक जनसभाको तयारी सकिएको नेकपा एमाले दाङले बताएको छ । नेकपा एमाले मुल व्यवस्थापन समितिले आईतबार विज्ञप्ती निकालेर सम्पुर्ण तयारी सकिएको जानकारी दिएको छ ।
जनसभामा हजारौँ मानिसहरु भेला हुने एमालेले बताएको छ । जिल्लाका सम्पुर्ण स्थानबाट दुई सय ५० भन्दा बढि ठुला बसहरु सञ्चालन हुनेछन् भने हजारौँ हजार एमाले कार्यकर्ताहरुलाई लमहीमा उतार्ने गरी गाउँगाउँमा उत्साह रहेको एमालेले बताएको छ । राष्ट्रिय एकता, समृद्धि, विकासका लागि जागरण फैलाउने उदेश्यले आयोजना गरेको मेचि महाकाली अभियान अन्र्तगत देउखुरीको बगियामा कार्यक्रम हुने र त्यहाको तयारी पनि अन्तिम चरण पुगेको नेकपा एमाले मुल व्यवस्थापन समितिका संयोजक मेटमणी चौधरीले जानकारी दिनुभयो ।
अभियानमा सहभागि भएका आउने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधब कुमार नेपाल लगाएतका एक हजार जनाको नेताको टोलीलाई दाङको सिमाना धानखोलामा स्वागत गरीने भएको छ । स्वागतका लागि जिल्लास्तरका सम्पुर्ण नेताहरु धानखोलामा पुग्ने र कसैले नसोचेको तरिकाले स्वागत गर्ने योजना बनेको एमालेका केन्द्रिय सदस्य चौधरीले विज्ञप्ती मार्फत चौधरीले जानकारी दिनुभयो ।
धानखोलाबाट अमेलिया सम्मको रुटमा ३५ वटा विशाल गेटहरु निर्माण हुने, एक हजार जना नेताहरुको टोलीलाई थारु परिकार खुवाउने कार्यक्रम रहेको छ । साथै कार्यक्रममा अन्र्तजातिय विवाह गर्नेहरुलाई सम्मान गर्ने, सिर्जनशील युवाहरुको सम्मान र ९० वर्ष माथीका जिल्लाका सम्पुर्ण बृद्धबृद्धाहरुलाई एक महिना सम्म दुध खान पुग्ने गरी आर्थिक सहयोग गर्ने योजना एमाले दाङले बनाएको केन्द्रिय सदस्य चौधरीले बताउनुभयो ।
