जाजरकोट, २७ फागुन । जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।

222दुर्घटनामा घाइते भएका ३६ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको हेलिकप्टरले गम्भीर घाइते केहीलाई उपचारका लागि बिहीबार राति नै काठमाडौं लगिएको छ ।

घटनास्थलमा १५ जना र उपचारका क्रममा ११ जनाको ज्यान गएको जिल्ला अस्पताल जाजरकोटका अहेब रामप्रसाद शर्माले जानकारी दिए । ज्यान गुमाउने मध्ये २१ जनाको सनाखत भएको छ ।
death 1death 2(1)wonded 1wonded 2wonded 3बालकुमार शर्मा /उज्यालोबाट