दिपेन्द्र शर्मा
जाजरकोट, २६ फागुन । जाजरकोटको सदरमुकाम खलंगाको बोहरा गाउँ नजिकैको भीरबाट यात्रु बस खस्दा मर्नेको संख्या २४ पुगेको छ । दुर्घटनामा तीन दर्जनभन्दा वढी घाईते भएका छन् ।
सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजार तर्फ जा“दै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट खण्डको भेरीमालीका नगरपालीका ४ बोहरागाउ तल्लो मोडबाट २ सय मीटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात ब्यबशायी समितिको उक्त बसमा ५० बढी यात्रु सवार भएको प्रहरीले अनुमान गरेको छ ।
घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमीटरको दुरीमा रहेको छ । घटना स्थलबाट १२ जनाको शव निकालेको जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । घटनामा मृतकको संख्या बढ्न सक्ने तथा मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी रिमालले बताए ।
नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगाएतले उद्धार गरीरहेका छन । क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीब्र बेगमा गाडी गुड्नु दर्घटनाको प्रमुख कारण भएको प्रहरीले अनुमान गरेको छ । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दा सम्म मृतकको संख्या २४ जनाको एकीन भएपनि त्यो संख्या वढ्न सक्ने प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन अझै बाँकी छ ।
तस्विर : दिपेन्द्र शर्मा
