काठमाडौं, राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपा ( एनप्यावसन ) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनले मध्यरात पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए । प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहबरमामा नव९निर्वाचित समितिलाई नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर साहीले पद तथा गोपनियताको सपथ गराएका थिए । नवनिर्वाचित नयाँ कार्यसमितीको नामावलि यसप्रकार छ ।
