माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा । महिलाहरु अहिलेको अवस्थामा ५ प्रकारका हिंसा वाट पिडित भईरहेको महिला अधिकार कर्मिहरुले वताएका छन ।घरेलु ,समाजिक ,राजनितिक,आर्थिक र योन हिंसा वाट महिला अझै उम्कन नसकेको उनिहरुले वताए ।
कपिलवस्तु जिल्लाको दक्षिणि क्षेत्रमा वढि मात्रमा योन हिंसा र वेचविखन हुने भएकोले नियन्त्रणको लागि थ्रि एन्जल्स नेपालले कपिलवस्तुको पत्थरदेहियामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।उक्त कार्यक्रममा वोल्ने अधिकांश महिला अधिकारकर्मीहरुले सो कुरामा जोड दिएका छन ।योन हिंसा मा महिलाहरु वढि रहेको तर त्यो वाहिर निस्कन नसकेको मिना परियारले वताईन ।
इज्यत जान्छ भन्ने डरले महिलाहरुले योन हिंसालाई लुकाएर राख्ने गरेको परियारले वताईन ।महिला अधिकारको क्षेत्रमा काम गरिरहदा कपिलवस्तुमा अत्याधिक महिला हिंसा भएको घटनाहरु वाहिर निस्किरहेकोले यसलाई नियन्त्रण गर्न सवै एक जुट हुनुपर्नेमा परियारले जोड दिइन ।
महिलाहरु आफ्नै मान्छे वाट वढि वेचविखन भएकोले यसमा सवै सजक हुनुपर्ने दियालो नेपालकि सदस्य कमला जि सि ले वताइन । महिला शिक्षित भए यो आफै नियन्त्रण हुने र कोहि लोभ लालचमा फस्न नहुने उनले वताईन ।
गाविश सचिव कृष्ण प्रसाद शर्मा को अध्यक्षता महिला अधिकार कर्मि मिना परियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रम थ्रि एन्जल्स कि सामाजिक परिचालक टिला पुनको संचालन रहेका थियो ।
