तुलसीप्रकाश  घर्ती
जाजरकोट, २६ फागुन । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिंग नेपाल, जाजरकोटको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन पुर्वगृहमन्त्री तथा क्षेत्र नं। १ का साँसद शक्तिबहादुर बस्नेतले गरेका छन् । पानसमा बत्तिबालेर बस्नेतले वाईसिएल, जाजरकोट पाँचौ जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् ।

yclसहायक संगठनका रुपमा रहेको योङ्ग कम्युनिष्ट लिंग नेपाल, जाजरकोटको पाँचौ जिल्ला सम्मेलन आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले सम्पन्न गर्न थालेको जिल्लाबासीले विश्लेषण गर्न थालेका छन् ।

“संघिय गणतान्त्रीक संविधान कार्यन्वयन गर्न जुझारु र क्रान्तिकारी संगठन, माओवादी केन्द्रलाई विजयी गराउन पाँचौं जिल्ला सम्मेलन ।” भन्ने मुलनारा सहित आयोजित सम्मेलन दुई दिन सम्म चल्न आयोजकले जनाएको छ ।

सम्मेलनका प्रतिनीधिहरुले गाउँ नगर घर घर जाऔं, माओवादी केन्द्रलाई विजयी वनाऔं । लेखिएका राता टिसर्ट लगाएका नारा जुलुस सहित नगर परिक्रम गरेका थिए । सम्मेलनको उद्घाटन तल्लो थाप्लेमा गरिएको थियो भने, बन्दसत्र शुक्रवार पिपेमा सञ्चालन गरिने सम्मेलन आयोक समितिका संयोजक रमेस आचार्यले जानकारी दिएका छन् ।