जाजरकोट, २६ फागुन । जाजरकोटमा वस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको हो ।
खलंगाबाट छुटेको ना ३ ख २२ ७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४३ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
