काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएका हितराज पाण्डेलाई फिर्ता बोलाउने भएको छ । मन्त्री पाण्डेलाई फिर्ता बोलाएर राप्रपा अध्यक्ष कमल थापा मन्त्री बनाउने भएका हो ।
केपी शर्मा ओलीको नेतृत्वको सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री समालिसकेका थापाले आजै सपथ लिने बताइएको छ । त्यस्तै यस्तै माओवादी केन्द्रबाटै पर्यटन मन्त्री भएका जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाएर राप्रपाका प्रवक्ता दिलनाथ गिरी मन्त्री बनाइने भएको । थापासहित पर्यटन मन्त्री गिरीको आजै साँझ साढे ६ बजे सपथ ग्रहाको कार्यक्रम राखिएको छ ।
शाहीलाई खानेपानी मन्त्रीको जिम्मेवारी तथा खानेपानी मन्त्री रहेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ ।
