राजविराज, २६ फागुन । सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।

aayog-ko-gadi-ma-todfod-5आन्दोलनमा उग्र भएका मोर्चा कार्यकर्ताहरुले विहिवार मानव अधिकारको ना ७ च ७४७९ नम्वरको गाडीमा तोडफोड गरेका हुन् ।

विहानैदेखि जिल्लाका विभिन्न भागमा टायर जलाउँदै प्रदर्शन थालेका मोर्चा कार्यकर्ताहरुले आयोगका गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ भने कुर्सी सडकमा निकालेर जलाएको प्रहरीले जनाएको छ ।