बर्दिया, २६ फागुन । विवाह गर्न नपाएको झोँकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।

bis-sewanबर्दियाको धधवा–७ का शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले बुधबार घरभित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए ।

घर बाहिर केटा र केटी पक्षका आफन्तबिच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताए । रासस