काठमाडौं, २६ फागुन । मन्त्रिपरिषद वैठकले लागुऔषध कारोबारको मुद्दामा पूर्व सभासद् मधुसुदन अग्रवालसहित पाँचजनालाई अभियोगबाट उन्मुक्ति दिएको आरोपमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेलाई बुधबार निलम्वनको निर्णय गरेको छ।
सहन्यायाधिवक्ता रहेका डा.घिमिरेलाई पदबाट निलम्बनगरी छानविन गर्ने निर्णय भएको हो। लागुऔषध कारोबारीलाई मुद्दामा छुट दिएको बिषयमा यसअघि महान्यायाधिवक्ताको कार्यालयले आन्तरिक छानविन गरी कारबाहीका लागि मन्त्रिपरिषदमा प्रश्ताव पेश गर्न कानुन मन्त्रालयमा पठाएको थियो।
मन्त्रिपरिषदले अघिल्लो साता कानुनी रित पुर्याएर पुनः फाइल पेश गर्न मन्त्रालयमै फिर्ता गरेको थियो। सोही अनुरुप मन्त्रालयबाट पेश भएको फाइलमा घिमिरेलाई निलम्बन गरी कारबाहीको निर्णय भएको हो। ुक्याविनेटबाट विविध निर्णय भएको छ। ति निर्णयसँगै सहन्यायाधिवक्ता घिमिरेलाई पदबाट निलम्वन गरी छानविन गर्ने निर्णयसमेत भएको छ,क्याविनेट वैठकमा सहभागि एक मन्त्रीले भने, उहाँमाथि छानविन समिति बनाएर छानविन हुन्छ।
समितिले जे प्रतिवेदन दिन्छ त्यही अनुरुप के कस्तो कारबाही गर्न पर्ने हो त्यही अनुरुप प्रक्रिया अघि बढ्छ।ु आन्तरिक छानविनपछि घिमिरेमाथि निजामती सेवा ऐन अनुरुप कारवाही गर्न महान्यायाधिवक्ता कार्यालयबाट लेखि पठाइएको हो।
औषधि बनाउन भनेर आयात गरिएको ठूलो परिमाणको रसायनमा तस्करी भएको पुष्टी भएपछि लागु औषध अनुसन्धान व्यूरोले अग्रवालसहित सात जनामाथि मुद्दा चलाउन जिल्ला सरकारी वकील काठमाडौं समक्ष प्रश्ताव गरेको थियो। अन्नपूर्ण पोष्टबाट
