अन्जना चौधरी
फाल्गुन २५ तुलसीपुर । विज्ञान विना आत्म ज्ञान लङगडो हुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । उनिहरुले विज्ञानको प्रविधिलाई आधार मानेर आधात्मिक चिन्तन तिर लाग्नु पर्ने कुरामा जोड दिएका छन ।

१०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एवम राजयोग प्रशिक्षण केन्द्र तुलसीपुरले आज आयोजना गरेको परमात्मा शक्तिद्धारा विश्व शान्ति परिवर्तन , स्वस्थ एवम सुखि समाजको निर्माणका लागी नारी शक्तिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन ।

kराजयोगीनी गीता दिदिको सभाध्यक्ष तथा महिला मानव अधिकार रक्षक संजाल दाङकी अध्यक्ष शुष्मा गीरीको प्रमुख आतिथ्यता एमं नगर स्तरीय महिला संजालकी अध्यक्ष यमुना शाहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथी शाहले जव स्वस्थ जिवन हुन्छ तव मात्र स्वस्थ समाज निर्माण हुने बताउनु भयो । उहाले स्वस्थ समाज निर्माण गर्न महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तण आउनु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रअ शुष्मा गिरीले नारी शक्ति एक अदभुत शक्ति भएकाले सवैलाई सम्मान गर्न आग्रह गर्नु भयो । उहाले नारीको चेहेरामा खुशी भए सम्पुर्ण जगत खुशी रहने कुरामा जोड दिनु भयो । ब्रह्म कुमार शिवलाल महतराले विषय प्रवेश गराएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका प्रभा खड्का,महिला अधिकार कर्मि सम्झना डागी, जनउत्थान विकास केन्द्रका प्रतिनिधि विमला शर्मा, लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा तुलसीपुर नगर पालिकाका २० वटै वर्डाका महिला संजालका संयोजकहरु एमं विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । ब्रह्मा कुमारी प्रतिभाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण ब्रह्मा कुमारी अनिताले गर्नु भएको थियो ।