गोविन्द खड्का
घोराही, २५ फागुन । प्याड आवश्यक परेपछि मदन भण्डारी मेमोरियल स्कुल गुलरीया घोराहीका छात्राहरु कार्यालयमा आउछन् । विद्यालयका एकाउन्टेन्ट तारा चौधरीका अनुसार उनिहरुले मागेजति प्याड दिईन्छ । त्यसपछि के गर्छन् भनेर सोधिदैन । पेटदुख्यो भनेर केहि छात्राहरु कहिले काहि विदालिएर घर जान्छन् । आफ्ठेरो महशुस भएपछि विद्यालयमा बस्नै पर्छ भन्ने बाद्यता छैन । छात्राहरुलाई घर सम्म पठाउने सुविधा दिईन्छ ।

20170306_131724दुई वर्ष अघि देखि सो विद्यालयमा छात्राहरुलाई महिनावारी हुदा प्याडदिने व्यवस्था गरीएको चौधरीले बताउनुभयो । उहाकाक अनुसार त्यस अघि यस्ता कुरा थाहै पाईदैन्थ्यो । कसलाई कति बेला महिनावारी भयो भनेर सोध्ने कुरा सजिलो होईन । सबै भन्दा धेरै लाजको विषय समाजमा महिलाको हरेक २८ दिनमा हुने महिनावारी बनेको छ । तर, प्राकृतिक प्रकया हो । मानव श्रृष्टिको मुख्य विधि लाजको विषय सबैतिर बन्दै आएको छ । सो विद्यालयमा पनि क्यमापस स्तरको पढाई शुरु हुन लागेपछि बल्ल सहज भएको बताए । ‘प्याड दिनुस सर भन्न थालेका छन्’ चौधरीले भन्नुभयो, ‘तर पनि केहिले झ्यालबाट हेर्ने म एक्लै भए सोध्ने नत्र लजाउने गर्छन् ।’ उहाले थप्नुभयो ।

पुरुषलाई माग्नुपर्दा सजिलो छैन । त्यहि असहजताका कारण कतिले पेटदेख्यो भनेर पढाई छोडि घरजाने गरेको विद्यालयले स्विकारेको छ । प्याड माग्न नसकदा मात्रै केहिको पढाई छुटेको हुन सक्छ । अहिले सम्म कारण प्रमाणित भएको भने छैन । निशुल्क रुपमा प्याड दिनुलाई विद्यालयले सुविधा दिएको दावि गरेको छ । नष्ट गर्ने ठाउ नसिकाउदा प्लाष्टिकमा पोको पारेर घरै लैजाने, बाटोमा फ्या“क्ने, कसैका वारीमा फाल्दीने, अरुका घरका छद, खाली जमिन लगाएतमा फाल्ने घिनलाग्दो काम हुन सक्ने असुविधा बढि देखिन्छ । ‘प्याड माग्नेलाई दिईन्छ’ प्राचार्य नवराज अधिकारीले भन्नुभयो, ‘त्यसपछि केहि गरीन्न । के गछौ ? भनेर सोधिएको पनि छैन ।’

हरेक साल सय डेढ सय विद्यार्थी नया थपिने मदनभण्डारी स्कुलमा पढाउने कक्षा कोठाको अभाव छ । अझै चार पाच वटा कक्षा जरुरी रहेको प्राचार्य अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार महिनावारी हुदाका छात्राको लागि रेष्टरुम बनाउने कुरा असम्भव छ । बरु शौचालयमा वाल्टिन राखेर प्याड फेर्ने व्यवस्था गर्न सकिन्छ । त्यसलाई विद्यालयको क्षेत्रभित्र नष्ट गर्ने उपाए अपनाउन पनि सकिन्छ । त्यस संगै शौचालय पछाडि ईन्सिनेटर जोडेर नष्ट गर्ने उपयुक्त लागेको छ । छात्राहरुलाई सोधेर मिस मेडम बाट प्याड दिने व्यवस्था लगाएत सहज पारीने अधिकारीले बताउनुभयो ।

पुर्ण सरसफाईमा समग्रतामा हेर्नुपर्छ । विद्यालयले दिने सुविधाले विद्यार्थी आकर्षित मात्रै गदैनन् उनिहरुलाई स्वस्थ र निरोगी बनाउछन् । फोहर र अस्त व्यस्त वातावरणमा हुर्केका विद्यकार्थीहरु सफा र ईमान्दार निश्कदैनन् । अपराधीक मनोबृत्तिको विकास हुने खतरा रहन्छ । करीव विस बर्ष उमेर वित्ने विद्यालयमा धेरै कुराको विकास गर्नुपर्छ । त्यसका लागि विद्यालयमा खानेपानी र ससफाई मेरुदण्ड हो । डिङना ठटाएर पाठ मात्रै रटाए विद्यालयको कडा अनुशासन कैद महशुस गर्न सक्छन् । त्यो जाच गर्न हरेक अभिवावक सकृय एवं जागरुक हुनैपर्छ ।

प्याडको निशुल्क व्यवस्था पर्ल एकाडेमी घोराहीले पनि गरेको छ । विद्यालयका शिक्षक अर्जुन कुमार आचार्यका अनुसार प्रयोग पछिको प्याड वाल्टीमा जम्मा गरेर नष्ट पारीन्छ । बिद्यालय भित्र कक्षा कोठामा फोहर फाल्ने डस्टिविन राखिएको छ । कक्षा कोठा, विद्यार्थी खेल्ने चौर रगरगाट सफा राखिन्छ । टुक्रै खस्न पाउदैन । खानेपानीको सुविधा पनि प्रशस्तै छ ।

पर्खाल भित्र शिक्षक आचार्यले भनेजस्तै सफा चट बनाएपनि बाहिरी फोहरले पर्ल एकाडेमी स्कुल घोराहीलाई घेरा बन्दि गरेको छ । मुल गेट आसपासमा नजिकका घरका वाथरुम बाट वग्ने रेतको गदगद छ । सुख्खा मौसममा पनि हिलोले छोड्दैन । साबुनि मिसीएको पानी बगिरहेको हुन्छ । त्यसले मच्छडको विगविगी हुनुपर्छ । विद्यालय भित्रका साना नानीहरुको रगत चुस्छ ।

अझ खतरनाक ग्यास करेसाबाट निश्कन्छ । त्यहा“ गल्ने र नगल्ने फोहर मिसिएको डंगुर लागेको छ । फोहर को अबस्था हेर्न जाउ भनेर पछि लागेका एक शिक्षक गन्धले करेसामा पस्नै सकेनन् । साघुरो करेसा नजिक गगन चुम्वी महल छन् । रंग रोगनले सफा चट पारीएको देखिन्छन् । तिनका झ्याल ढोका बाट निश्कने फोहरका पोकाहरु विद्यालयको करेसामा आउने गरेका छन् । ति फोहरले निकाल्ने ग्यास एवं दुर्गन्ध साना नानीहरुका नाक मुख बाट पस्छ ।

‘परार साल तिम्रो फोहर घरमै फाल्छौ भनेर विद्यार्थीले उठाए’ ति शिक्षकले भन्नुभयो, ‘एक बर्ष जति चेतेको स्थानियले फेरी फाल्न लागेका छन् ।’ करेसाको सडेगलेको फोहर खुला झ्याल बाट भित्र नपसेको भन्न सकिन्न । च्याउमिनका पोका, अण्डाका खोस्टा देखि अनेकौ थरीका फोहरका थुप्रा छन् । बाल बालिकाहरु त्यहि फोहरका नजिकै बसेर पढिरहेका देखिन्छन् । कति स्थानिय ठालुहरु विद्यालय संग झगडामा नारिन खोजेको तर फोहर फाल्न नचेतेको शिक्षकहरुले बताए । विद्यालयलाई हुर्काउन बाल वालिकाको भविश्य सुन्दर बनाउन छिमेकी घरले चासो दिनु पर्ने विद्यालयको माग छ । जेपायो त्यहि नफाली संवेदनशिल क्षेत्र मानीदिन सबैमा आग्रह गरेको छ ।