काठमाडौं, २६ फागुन । सप्तरी गोलीकाण्डमा मारिएका परिवारले दश लाख क्षतिपुर्ति पाउने भएका छन् । बुधवार सम्पन्न मन्त्रीपरिषदको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गर्दै पीडित परिवारलाई दश लाख दिने निर्णय गरेको हो ।

death-malethबैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकबाट सरकारले सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।