दिपक बोहरा
दाङ , २५ फाल्गुन । आफनो ब्यबसायको सुरक्षाको माग गर्दै सिएमए स्वास्थ्यकर्मीहरुले आन्दोलनलाई सशक्त बनाएका छन् । मंगलबार सिएमए संघ मातहतका स्वास्थ्य क्लिनिक बन्द गरी दाङका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका थिए । सरकारले सिएमए स्वास्थ्य क्लिनिकहरुलाई बन्द गर्ने निर्देशिका ल्याए पछि त्यसको खारेजीको माग गर्दै उनीहरु केही दिन देखी नियमित आन्दोलनमा छन् । दाङमा सिएमएले सञ्चालन गरेका पाँच सय भन्दा बढि स्वास्थ्य क्लिलिनकहरुले सरकारी स्वास्थ्य संस्थाको पहुँच नपुगेका क्षेत्रहरुमा सेवा प्रदान गरिरहेको स्वास्थ्यकर्मीहरु दाबी गर्छन् ।
केही दिन देखी सेवा नै ठप्प पारेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु प्रत्यक्ष मारमा परेका छन् । दाङका ग्रामिण क्षेत्रका नागरिक बढि मारमा परेका छन् । स्थानिय स्तरबाट सेवा प्रदान गर्दै आईरहेका स्वास्थ्य क्लिनिकहरु बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलित बनेपछि ग्रामिण भेगका नागरिकहरु उपचारका लागि तुलसीपुर तथा घोराही लगायत स्वास्थ्य सेवाको पहुँच हुने ठाउँमा जानुपर्ने बाध्यता शिर्जन भएको छ । उपचारका लागि स्वास्थ्य क्लिनिकमा आउने गरेका बिरामीहरु उपचार नगरेरै फर्कनु पर्ने बाध्यता रहेको बिरामीहरु बताउछन् ।
मंगलबार पश्चिम गंगटेकी शुसिला चौधरी पनि उपचारको लागि तुलसीपुर पुगिन् । त्यहाँका स्वास्थ्य क्लिनिकहरु बन्द भएपछि आफु उपचारका लागि तुलसीपुर पुग्नुरेको उनले बताईन् । उनले भनिन्‘ गाउमै उपचार गर्ने भनेर हिडेका थियौ, सबै बन्द रहेछन्, अनी लामो दुरी पार गरेर भएपनि उपचारका लागि तुलसीपुर आयौं ।’ उनले थपिन्‘ किन हो गाउका सबै मेडिकल बन्द रहेछन्, अब सधैका लागि बन्द भए भन्ने हल्ला सुनिन्छ । ती मेडिकल बन्द भए हामीले कहाँ गएर उपचार गर्ने ?’ शुसिला मात्रै होईन्, अहिले सरकारी स्वास्थ्य सेवा नपुगेका क्षेत्रका नागरिकहरुलाई यहि चिन्ताले पिरोलिरहेको छ ।
ग्रामिण क्षेत्रमा सिएमएहरुले सञ्चालन गरेका स्वास्थ्य क्लिनिकहरुले प्रभाबकारी सेवा प्रदान गरिरहेका छन् । तर ती स्वास्थ्य क्लिनिकहरुलाई सरकारले यहि चैत्र महिना भित्रै बन्द गर्ने तयारी गरिरहदा नागरिकलाई अर्को चिन्ता थपिएको छ । स्वास्थ्य मन्त्रालयले त्यही अनुसारको निर्देशिका ल्याएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार ती स्वास्थ्य क्लिनिकहरु अबको एक हप्ता सम्म मात्र सञ्चालन हुन पाउने छन्, त्यस पाश्चात ती क्लिनिकहरु बन्द हुने छन् । सरकारी स्वास्थ्य संस्थाको पहुँचमा नपुगेको ठाउमा पुगी नागरिकलाई सेवा प्रदान गर्नुका साथै आफ्नो ब्यबसाय सञ्चालन गरिरहेका स्वास्थ्य क्लिनिक सञ्चालकहरुले सरकारबाट आफ्नो रोजीरोटी खोस्ने प्रयत्न भईरहेको आरोप लगाएका छन् ।
घोराहीमा भएको बिरोध ¥यालि पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै सिएमए स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । बिरोध कार्यक्रममा सिएमए अध्ययनरत बिद्यार्थीहरु पनि सहभागी थिए । ‘सरकारले माटो शुल्क असुलेर हामीलाई सिएमए अध्ययन गराईरहेको छ तर स्वास्थ्य क्लिनिक सञ्चालन गर्न नदिएपछि पढ्नुको अर्थ के’ बिद्यार्थीहरुले प्रश्न गरे । उनीहरुले थपे‘ हाम्रो भबिष्य कता जाने हो ।’
साथै क्लिनिक सञ्चालकहरुको आन्दोलनमा नागरिक, नागरिक समाज, राजनीतिक दलहरुले पनि समर्थन जनाएका छन् । क्लिनिकहरुले ग्रामिण क्षेत्रमा नागरिकको उपचार पाउने अधिकार प्रदान गरिरहेको भन्दै नागरिकहरुले पनि आन्दोलनको ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले ग्रामिण क्षेत्रका नागरिकहरुले सिएमए स्वास्थ्यकर्मीहरुको आन्दोलनमा नागरिकको सहयोग आबश्यक भएमा सडकमा आउने समेत प्रतिबद्धता जनाएको नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष दिपक शर्माले बताए ।
सिएम संघ दाङले आयोजना गरेको नेपाल सिएमए संघद्धारा सञ्चालित क्लिनिक र नेपाल सरकारको नीति तथा मापदण्ड सम्बन्धि अन्तरक्रियाका प्रमुख अतिथि शर्माले यस्तो बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै नागरिक समाज तथा बिभिन्न राजनीतिक दलहरुले पनि आन्दोलन सफल पार्न जस्तोसुकै सहयोग गर्न पनि तयार रह्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले यस्तो प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि दिपक शर्माले सिएमएहरुलाई अगाडि बढ्न नदिन शिक्षाका माफियाहरुको रणनीति रहेको भन्दै यस बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । ऐन भन्दा निर्देशिका ठुलो नहुने भन्दै उनले भने‘सरकारले ऐनमा उल्लेख गरेका कुरालाई बाहिर राखेर निर्देशिका ल्याएको छ, यसलाई सच्याउनु पर्छ ।’ सरकारले २०६१ साल भाद्र १ गते ‘कोड अफ ईथिक्स’ लागु गरी सिएमए पढेकाहरुले पनि क्लिनिक दर्ता गरि सञ्चालन गर्न दिएको भएपनि अहिले ती स्वास्थ्य क्लिनिकहरुलाई बन्द गर्न खोज्दै छ ।
कार्यक्रममा बिशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले सरकारले सरकारी स्वास्थ्य संस्थाको पहुँचमा नरहेका नागरिकलाई सेवा प्रदान गर्दै आएका सिएमए स्वास्थ्य क्लिनिकहरु बन्द गर्ने निर्देशिका ल्याएर ठुलो भुल गरेको बताए । उनले स्वास्थ्यकर्मीलाई बेरोजगार र जनतालाई दुःख दिने निर्देशिका खारेज गर्न स्वास्थ्यकर्मीहरुको जस्तोसुकै आन्दोलनमा पनि साथ दिन् आफु तयार रहेको समेत बताए ।
सिएमएहरुले सञ्चालन गरेका स्वास्थ्य क्लिनिकहरु बन्द भए लाखौ नागरिक उपचार पाउने अधिकारबाट बञ्चित हुने उनले बताए । उनले मुलुकमा गणतन्त्र आएपनि स्वास्थ्य मन्त्रालयले राणा शाषण लाद्न खोजेको आरोप लगाए । उनले भने‘ जनताले निर्बाचित गराएकाहरुले नै जनताको सल्लाह बिना निर्देशीका जारी गर्नु राणा शाषण लाद्न खोज्नु हो ।’
संघका जिल्ला अध्यक्ष मुकेश बुढाथोकीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका उमानन्द खनाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । संघका उपाध्यक्ष ईश्वरी अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संघका सल्लाहकार भुपेन्द्र प्रकश केसीले गरेका थिए । यसैबिच अन्तरक्रिया कार्यक्रम हुनपुर्ब घोराही पुरानो बसपार्क देखी शुरु भएको बिरोध ¥यालिले बजार परिक्रमा गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
