नेपाल पर्यटन पत्रकार संघका स्थगित भएका जिल्ला अधिवेशन चैत्रको पहिलो साता हुने भएको छ्, संघको नयाँ कार्यतालिका अनुसार यस अघि स्थगित भएका सुर्खेत, जाजरकोट र रुकुमको अधिवेशन चैत्र २,३ र ४ गते हुने भएको छ । संघको केन्द्रीय सचिवालयले दिएको जानकारी अनुसार आगामी चैत्र २ गते सुर्खेतको सदरमुकाम विरेन्द्र नगर, चैत्र ३ गते जाजरकोटको खलंगामा र रुकुमको चैत्र ४ गते मुसिकोट हुने भएको छ ।

17191191_1390178691021840_1167600538163796980_nफाल्गुन १६,१७ र १८ गते आयोजना गर्ने भनिएपनि पत्रकार महासंघको निर्वाचनका कारण स्थगित भएका अधिवेशन संघले चैत्रमा गर्न थालेको हो । जिल्ला अधिवेशन सम्पन्न गर्न संघले सुर्खेतमा सविता जिसी, जाजरकोटमा सुरेन्द्र सिहँ र रुकुमको लागि मैत्या घर्तीमगरलाई जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै दिइसकेको छ । जिल्ला संयोजकहरुले केन्द्रको तालिका अनुसार अधिवेशनको सबै तयारी पुरा भैसकेकोले सम्बन्धित सबैलाई अधिवेशन सफल बनाउन समेत अनुरोध गरेका छन् ।