अन्जना चौधरी
तुलसीपुर, २५ फागुन । विज्ञान विना आत्मज्ञान अपाङ्ग हुने तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । विज्ञानको प्रविधिलाई आधार मानेर आधात्मिक चिन्तनतिर लाग्नुपर्ने कुरामा उनीहरुको जोड थियो ।

k१०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र तुलसीपुरले आयोजना गरेको ‘परमात्मा शक्तिद्धारा विश्व शान्ति परिवर्तन, स्वस्थ एवम सुखी समाजको निर्माणका लागि नारी शक्तिको भुमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

राजयोगीनी गीता दिदिको अध्यक्षता तथा महिला मानवअधिकार रक्षक संजाल दाङकी अध्यक्ष शुष्मा गिरीको प्रमुख आतिथ्यता नगरस्तरीय महिला संजालकी अध्यक्ष यमुना शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रममा भएको थियो ।

ब्रह्मकुमार शिवलाल महतराले विषय प्रवेश गराएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेवीका प्रभा खड्का, महिला अधिकारकर्मी सम्झना डाँगी, जनउत्थान विकास केन्द्रका प्रतिनिधि विमला शर्मालगायतले आ–आफ्ना विचार राखेका थिए ।