कुुसुम वि.क.
बर्दिया २५ फागुन । एकाएक गाउँ पसेको हात्तीलाइ धपाउन खोज्दा हात्तीको आक्रमण बाट मगलवार राती एक जना युवकको मृत्यु भएको छ ।

hatti_Elephantबर्दियाको बबइ नगरपालिका वार्ड नं ३ कर्मला गाउमा गएराति मगलवार हात्तिको समुह गाउमा प्रबेस गरेको थियो गाउलेहरुले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबइ नगरपालिका वार्ड ३ कर्मला गाउका १८ वर्षिय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृृत असोक भन्डारीले बताउनु भयो ।

हात्तीले आक्रमण बाट घाइते भएका नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बसोवास गर्ने नागरीकहरुलाइ सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारवारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।