गोविन्द खड्का
घोराही, १९ जेष्ठ
जेष्ठ २३ देखि २९ सम्म ‘घर घरमा सफा चर्पी हामी जिम्मेवार स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार’ भन्ने मुलनाराका साथ सरसफाइ सप्ताह मनाउने निर्णय गरेको छ ।saptah मंगलवार घोराहीमा बसेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले १७ औँ राष्टिय सरसफाइ सप्ताह मनाउने निर्णय गरेको हो ।

जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेले दिएको जानकारी अनुसार आफ्नो क्षेत्रका खानेपानी तथा सरसफाइ संस्था समिति, टोलविकास संसथा, वडा कार्यालय, विभिन्न संघ संस्था, विद्यालय समेत सहभागि बैठक बसाल्नुपर्ने छ ।

सरकारी कार्यालयको सरसफाइको अबस्था अनुगमन गरी मुल्यांकन गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष सुदीप गौतमलाई संयोजक तोकेको छ ।त्यसमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रतिनिधि, जिविस प्रतिनिधि, सम्वन्धित नपा र उद्यो गवाणिज्य संघको प्रतिनिधि सदस्य रहने छन् । खानेपानी तथा सरसफाइ जिल्ला सञ्जाल, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सबै खानेपानी समितिमा समन्वय गरी सरसफाइ सप्ताह मनाउनु पर्ने छ ।

्बैठकले धनौरीको लिफ्ट खानेपानी आयोजना तत्काल पुरा गर्न निर्देशन दिएको छ । जिविस, गाविस र नेपाल रेडक्रस सोसाईटिलाई विनियोजीत रकमलाई समन्वय गरी परीचालन गर्न भनेको छ । स्थानिय विकास अघिकारी एवं समितिका अध्यक्ष रमेश गौतमको अध्यक्षता बैठक बसेको थियो ।।