इन्द्रेणी संवाददाता
घोराही, १९ जेठ
वहु सरोकारवाला वन कार्यक्रमको ४ बर्षे कार्यक्रम सकिएको छ । बहुसरोकारवालाले दिगो वन व्यवस्थापन, गरिवी न्यूनिकरण र जलवायु परिबर्तन अनुकुलनको क्षेत्रमा दाङ सहित नेपालका विभिन्न जिल्लाका काम गर्दै आएको थियो ।bahu

वेलायत, स्विस र फिनल्याण्ड सरकारको सहयोगमा नेपाल सरकार र रुपान्तरण नेपाल सँग सहकार्य गर्दै दाङमा कार्यक्रम ल्याएको बहु सरोकारवाला वन कार्यक्रमले मंगलवार घोराहीमा विभिन्न सरोकारवालाहरु सँग समिक्षा कार्यक्रम गर्दै कार्यक्रम सकिएको जानकारी गराएको हो ।

बहुसरोकारवाला वन कार्यक्रम क्षेत्रिय कार्यालय दाङले राप्तीका ५ जिल्ला सहित गुल्मी र अर्घाखाँचीमा कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला स्तरमा जिल्ला वन कार्यालय र गैरसरकारी संस्था रुपान्तरण नेपाल मार्फत दिगो वन व्यवस्थापन, गरिवी न्यूनिकरण र जलवायु परिबर्तन अनुकुलनका कार्यक्रम सञ्चालन गरेको थियो ।

७ जिल्लामा रुपान्तरण मार्फत २७ करोड ७८ लाख ५९ हजार ६५ रुपैयाँ ४० पैसा लगानी गरिएको र जिल्ला वन कार्यालयहरु मार्फत ७ जिल्लामा २२ करोड ८८ लाख रुपैयाँ दिगो वन व्यवस्थापन, गरिवी न्यूनिकरण र जलवायु परिबर्तन अनुकुलनमा खर्च भएको जानकारी गराइएको छ ।

क्षेत्रिय वन निर्देशनालयका प्रमुख राजबहादुर राउतको अध्यक्षता एवं स्थानिय बिकास अधिकारी रमेश गौतमको प्रमुख आतीथ्यतामा समापन गोष्ठि भएको हो । कार्यक्रममा स्विस सरकारका तर्फबाट डा। मनोहरा खड्का, फिनल्याण्ड सरकारका तर्फबाट डा। चुडामणि जोशी, क्षेत्रिय कार्यक्रम संयोजक डा। कल्पना देवकोटा, सात वटै जिल्ला वन अधिकृत, रुपान्तरणका केपि यादव, कार्यक्रम साझेदारी निकाय वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा, मानब कल्याण तथा बातावरण संरक्षण केन्द्रका भरतराज देबकोटा लगाएतकाले बहुसरोकारवाला वन कार्यक्रमबाट दिगो वन व्यवस्थापन, गरिवी न्यूनिकरण र जलवायु परिबर्तन अनुकुलनको क्षेत्रमा धेरै सुधार भएको बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुले तीन बर्ष पहिले आएको उक्त कार्यक्रमबाट लगानी, रोजगारी, वन बाताबरणको संरक्षण, विपन्न समुदायको स्तर उन्नती, आयआर्जन, गरीबि निबारण सँग क्षमता नेतृत्व विकास भएको बताएका छन् । कार्यक्रमको सहजिकरण बहु सरोकारवाला वन कार्यक्रमका मंकेश गुप्ताले गर्नुभएको थियो ।।