इन्द्रेणी संवाददाता
दाङ, १९ जेठ
लायन्स कल्व अफ घोराही सिटीको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको निःशुल्क स्वास्थ्य सिवीर मंगलवार मावि वन गाऊमा सम्पन्न भएको छ । निशुल्क रुपमा आयोजना गरीएको सिवीरमा फिजीसियन, स्त्रीरोग, दन्तरोग,नाक कान घाटी रोग विशिषज्ञहरुले नि शुल्क रुपमा औषधी उपल्वध गराएका छन ।
लायन्स कल्व अफ घोराही सिटीका अध्यक्ष मनोज वुढाथोकीले दिएको जानकारी अिनुसार शिवीरमा गएका मध्ये सेतो पानी वग्ने, आङखस्ने, रिङ राखेका, तथा मानसिक रुपमा समस्या भएका महिलाहरको पाईएको स्त्री रोग विशिषज्ञ डाक्टर विनोद महासेठले जानकारी दिनुभयो ।
विपन्न परिवारका महिलाहरुमा यसप्रकारको समस्या पाइएको उहाँले वताउनुभयो । शिवीरमा मेडिसिन तर्फ १ सय ९५ जना, नाक कान घाटी तर्फ १ सय २८, स्त्री रोग तर्फ ७८, दन्त रोग तर्फ ६६ जनाले स्वास्थ्य सेवा लिएका छन ।।