इन्द्रेणी संवाददाता
दाङ १९ जेठ
बागेश्वरी असल शासन क्लब (बास) दाङको अध्यक्षमा नवीन अभिलाषी चयन हुनु भएको छ । घोराहीमा भएको क्लबको अधिबेसनले नवीन अभिलाषीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।nabin

जस्को उपाध्यक्ष श्रेया शर्मा, सचिबमा बाबुराम पाण्डे, सहसचिबमा नविन शर्मा र कोषाध्यक्षमा अनुपमा खत्रि रहनु भएको छ ।उपाध्यक्ष श्रेया शर्माको अध्यक्षतामा भएको भेलाले क्लबलाई भ्रष्टचार विरोधी गतिविधिहरुमा थप क्रियाशिल बनाउनु पर्ने बताएका छन ।

जिल्लामा देखिएका भ्रष्टाचारजन्य गतिबिधिलाई निरुत्साहित पार्न युवाहरुको भुमिका महत्वपुर्ण रहने उनिहरुको भनाई रहेको छ । साथै क्लबको पहिलो बैठकले आगामी असारमा दाङ जिल्ला विकासको अबस्था र यसको प्रभाविकारीताको विषयमा कार्यक्रम गर्ने भएको छ ।

क्लबका अध्यक्ष नवीन अभिलाषीको अध्यक्षतामा बसेको बैठकले जेठ २९ र ३० गते नेपालगंजमा हुने तालिममा शाखा सदस्य शिवा गिरीलाई पठाउने निर्णय पनि गरेको छ । बैठकको सहजीकरण क्लबका सचिब बाबुराम पाण्डेले गर्नुभएको थियो ।।