इन्द्रेणी संवाददता
प्युठान १९ जेठ
पहिलो पटक संचालन गर्न लागिएको ‘स्वर्गद्धारी मिडिया सम्मेलन’को तयारी तिव्र पारिएको छ । प्रदेश नम्वर ५ स्तरिय सम्मेलन यही जेठ २१ र २२ गते प्युठानको धार्मिक एवं पर्यटकिय स्थल स्वर्गद्धारीमा संचालन हुने भएको छ ।pyauthan

स्वर्गद्धारी सहित विभिन्न जिल्लाका धार्मिक एवं पर्यटकिय गन्तव्यको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको मूल आयोजक समितिका संयोजक एवं पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा १२ जिल्लाका झण्डै दुई सय पत्रकारहरु स्वर्गद्धारी आउने भएका छन । पर्यटकीय क्षेत्रहरुको विकासमा फाईदा पुग्ने अपेक्षा गरिएको उहाले बताउनुभयो । कार्यक्रममा जिल्लाका सवै धार्मिक एवं पर्यटकीय क्षेत्रहरु समेटिएको ‘भिडियो डकुमेन्ट्री’ प्रस्तुत गरिनेछ ।

सम्मेलनमा प्रमुख अतिथि सूचना तथा संचारमन्त्री शेरधन राई आउने कार्यक्रम तय भएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि शाखा अध्यक्ष गिरुप्रसाद भण्डारीको संयोजकत्वमा १ सय १ सदस्य मूल आयोजक र विभिन्न सात वटा उपसमितिहरु गठन गरिएको छ ।।