इन्द्रेणी संवादाता
काठमाण्डौ, १९ जेठ
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १५ वर्ष पूरा भएको छ । तर हत्याकाण्डको रहस्य अझै पनि बाहिर आउन सकेको छै्रन ।darbar२०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए ।

राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो । घटनापछि तत्कालीन सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो ।

तर, नागरिकले भने अझै पनि पत्याउन सकेका छैनन् । दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकाल सुरु भएको थियो । जनआन्दोलन २०६२ र ६३ को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य भएको छ । हत्याकाण्ड भएको नारायणटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।।