इन्द्रेणी संवाददाता
नारायणपुर, १९ जेठ
त्रिपुर नगरपालिकाको भवन साविक नारायणपुर गाविस रहेको स्थानमा बनाउनुपर्ने माग गर्दै आएको त्रिपुर विकास सरोकार समितिले आज वैठक वोलाएको छ । समितिका अध्यक्ष चित्रबहादुर डाँगीले नेतृत्व गर्नुभएको उक्त समितिले नगरबासीहरुको माग पुरा नभए कडा अन्दोलन गर्ने चेतावनी दिएको छ।minabatti

संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई अझै शशक्त बनाएर लैजानका लागी आजका लागी बैठक बोलाएको छ । नगरपालिको भवन साविक नारायणपुर गाविस भवनमा हुनुपर्ने माग गर्दै आएका त्रिपुरबासीहरुले मंगलवार नारायणपुरमा मैनवत्ति ¥याली निकालेका थिए ।

नियम विपरित भवन निर्माण गर्न नगरपालिका अगाडी बढेका कारण कानुनको बुदाको खोजी गर्न नगरपालिकालाई सहयोग मिलोस् भनेर व्यंग्यात्मक रुपमा ¥याली निकालिएको हो । ¥याली पश्चात नगरपालिकामा दिउँसो १ देखी ३ बजेसम्म २ घण्टा धर्ना दिएका थिए ।

करिब ५ सय नगरबासीहरुको सहभागीतामा निस्कीएको ¥यालीले बजार परिक्रमा गरेर नगरपालिका भवनमा पुगेर कार्यक्रम गरेको थियो । ¥याली पश्चात भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कानुन विपरित काम गर्ने अधिकार कसैलाई नभएको भन्दै उनीहरुले साविक नारायणपुर गाविस रहेको स्थानमा नगरपालिको भवन बनाउन माग गरेका थिए ।

यसैबीच त्रिपुर नगरबासीको माग प्रति नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले एक्यवद्धता जनाएको छ । नियम अनुसार साविक नारायणपुर गाविस रहेको स्थानमा नगरपालिकाको भवन बनाउने नगरबासीको मागप्रति क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रि खड्काले विज्ञप्ती निकालेर एक्यवद्धता जनाउनुभएको हो ।

साथै भोली घोराहीमा हुने विरोध प्रर्दशन लगायतका आन्दोलनका कार्यक्रमहरुमा सहभागी हुन क्षेत्रीय समिति, नगर, गाविस एवं वडा समिति, भातृ संगठन तथा सुवेच्छुकहरुमा विज्ञप्तीमा अनुरोध गरिएको छ ।।