देउखुरी फागुन २४ । कुनै बेला कम्यूनिष्ट पार्टीका मान्छे बत्तिबालेर खोज्नुपर्ने अबस्था रहेको कोईलाबास अहिले एमाले यतिबेला एमालेमय भएको छ । पार्टी प्रबेशीको लहर र पार्टी प्रतिको बढ्दो उत्साहले कोइृलाबास एमालेमय भएको हो ।
कोईलाबासको खबरी, मुसी, सिसौरा लगायतका नाका लथा गाउँमा एमालेको उत्साहजनक लहर देखीएको नेकपा एमाले जिल्ल कमीटी सदस्य एवं कोईलाबास ईन्चार्ज रामप्रसाद गैरेले बताउनुभयो । उहाँका अनुसार कोईलाबास अब एमालेको कब्जामा परीसकेको दावि समेत गर्नुभयो ।
यता नेकपा एमाले कोईलाबास नगर कमिटीले मंगलबार काृईलाबासमा बृहत भेलाको आयोजना गरेको छ ।
कोईलाबास गाउँ पार्टी कमिटी अध्यक्ष मिना पुन को अध्यक्षता एवं जिल्ला सदस्य राम प्रसाद गैरेको प्रमुख आतित्थ्यता तथा अर्का जिल्ल सदस्य पवन रिजाल र जिल्ल सल्लहकार भगवति प्रसाद चौधरीको विशिष्ट आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्बर १ का सचिव भानु जोशी, क्षेत्रीय सदस्य मालिक सिद्धीकी, प्रेस चौतारी नेपालदेउखुरी नगर कमिटी संयोजक एवं नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश सभाषद सन्तोष खनाल, गढवा गाउँ पार्टी कमीटी अध्यक्ष सारदा पौडेल, गढवा उद्योग बाणिज्य संघका महासचिव हरी भण्डारी, युवा संघ गढवाका अध्यक्ष सुनिल चौधरी लयागतले मन्तब्य ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कमला केसी बुढा, गरीमा पुन, गिता तामाङ, जानकी गुप्ता, पुरन थापा, मनमाया गुरुङ, चम्पा भण्डारी, रहिस सिद्धीकी, देवि सिद्धीकी, कृष्ण, पारसी, जिनजाफ सिद्धीकी, रिजवान सिद्धीकी, सुनिता पासी लगायत २ दर्जन बढी थएमालेमा पैबेश गरेका थिए । नव प्रबेशीलाई नेकपा एमाले दाङ जिल्ला कमीटी सदस्य रामप्रसाद गैरे,पवन रिजाल, प्रेस चौतारी नेपाल देउखुरी नगर संयोजक एवं नेपाल पत्रकार ाहासंघ ५ नम्बर प्रदेश सभाषद सन्तोष खनाल, एमाले जिल्ला सल्लाहकार भगवति प्रसाद चौधरीले टीका र अविर लगायर पार्टी प्रबेश कार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन कमला केसी बुढाले गनु्भएको थियो ।
