फागुन २४,दाङ । फागुन २० गते स्कुलबाट घर फर्किदै गर्दा कुटिएकी घोराही ९ बाुहनडाँडाँ निवासी कामना परियारले राजनितिक आडमा प्रहरीलाई दवाब दिदै घटनालाई नबङ्ग्याउन आग्रह गरेकी छिन । उनले एक एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेकी हुन । नेपाली काग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम लगायतको एक टोलीले पीडितलाई झन पिडा हुने गरी विज्ञप्ती बाजी गर्दै कुटपिटको घटनालाई अतिरञ्जित बनाउँदै न्यायमा सहयोग पु¥र्याउने प्रहरीको मनोवल घटाउने उदेश्यका साथ आफ्ना गतिविधीलाई अगाडी बढाएको प्रति गम्भिर ध्याणकर्षण भएको जनाएकी छिन ।
पद्मोदय पब्लिक उच्च माध्यामिक विद्यालय भरतपुर कक्षा ९ मा अध्ययणरत घोराही नगरपालीका २ गैरा गाउँ निवासी रेखबहादुर बुढाथोकी र परविर गौतमले कुटपिट गरी गम्भिर घाईते वनाएका थिए । विना कारण स्कुलबाट घर फर्कदै गर्दा मलाई बाटोमा रण्डी,बेश्या, दमिनी भन्दै कुटपिट गरी गम्भिर घाईते वनाएको परियार द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुवै जनाको कुटाईबाट चार-चार दिन सम्म पनि टाउको, घाँटी,हात, खुट्टा लगायतका शरिरका अन्य भाग चलाउन नसक्ने अबस्थामा छिन । कुटपिट लगतै घोराही स्थित वडा प्रहरी कार्यालयमा न्यायका लागि आफु पुगेको वताईन । दुवै जनालाई प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरी कार्यालयमा ल्याउदा पनि काग्रेसका पूर्व सभापति विरकेशरी गौतमले पटक पटक छोड्नका लागि दवाव दिनु भएको थियो । त्यस्तै क्रममा वडा प्रहरी कार्यालयका प्रमुख सूर्यबहादुर थापाको जागिर खाईदिने,सरुवा गरिदिने धम्की समेत गौतमले दिनु भएको थियो । वडा प्रहरी प्रमुख थापाले यसबारेमा आफुले अनुसन्धान गरेपछि सवैकुरा वताउँने भन्दा भन्दै अनुसन्धानमा बाधा पु¥र्याउने उदेश्यका साथ प्रहरी परिसरमै हल्लाखल्ला मच्चाउदा पटक पटक बाहिर जान आग्रह गर्दा समेत अठेर गर्नु भएको थियो ।
अनुसन्धानमा बाधा पुग्ने देखेर प्रहरीले केही समय नियन्त्रणमा लिएको प्रत्येक्ष आफुले देखेको विज्ञप्तीमा भनिएको छ । घटनाका विषयमा शनिवार २१ गतेका दिन दुवैपक्षका विचमा मिलापत्र भैसेको अबस्थामा घटनालाई पूर्व अध्यक्ष विरकेशरी गौतमले व्यक्तिगत रुपमा विभिन्न लाल्छना लगाउँदै कुटपिटको घटनालाई ओझेलमा पर्दै प्रहरी प्रमुख सूर्यबहादुर थापा माथि खनिएको प्रति आफु दुखी भएको वताएकी छिन । परिवार आफन्तलाई समेत दवावमा राखेर उक्त घटना मिलापत्र गर्न गौतमले बाध्य पारेको भन्दै त्यसले आफु जस्ता पिडितले न्याय नपाउँने अबस्था आयो उनले भनिन् ।
पहुँचका भरमा आफु जस्ता सोझा सिघा नागरिकलाई दवावमा राख्ने काम गौतमबाट भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।राजनितिक दलको आडमा सबैलाई दवाउने काम गौतमले गरेको वताउँदै त्यसले दाङका सम्पुर्ण दलितहरुको मनोवल खस्किएको वताउनुभयो । पिडित परियारले तत्काल घटनालाई अतिरञ्जित गरिए घटनाको परिणाम राम्रो नहुने वताएकी छिन । त्यसकारण मिली सकेको विषयलाई कोट्याउन खोजी दाङका सम्पूर्ण दलितहरुले आन्दोलनका कार्यक्रम गर्ने वताएकी छिन ।
