तुलसीपुर  २४ फागुन । श्रीगाउँ गाविस १ लेटार वस्ने वर्ष ६ की जानकी वस्नेत मुटु रोगको उपचार खर्च नभएर मृत्यु कुरेर वसेकी छिन् । काठमाडौमा रहेको गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रले मुटुमा प्वाल परेका वताएको र तत्काल अप्रेशन नगरे वाच्न नसक्ने वताएको थियो । उपचार केन्द्रले निशुल्क रुपमा हुने भए पनि औषधिका लागि तिन लाख सम्म खर्च लाग्ने भएकाले उनको उपचार हुन नसकेको आमा जयकली वस्नेतले वताइन ।

janaki basnet श्रीमानको दुइ वर्ष अगाडी हत्या भएको र तिनवटी नावालीका छोरीलाई पाल्ने जिम्मेवारी वोकेकी जयकलीले कान्छी छोरीको जीवन वचाइदिन सवैसँग आग्र्रह गरेकी छन् । सम्पत्तीको नाममा खोलाको किनारमा ऐलानी दुइ कट्ठा जग्गा र सानो झुपडि रहेकाले छोरीको उपचारको लागि कुनै पनि विकल्प नरहेको पनि उनले वताइन । उनलाई उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय वाणिज्य वैक तुलसीपुरको सहयोग खाता नम्वर ४१६००३६३६७१० मा सहयोग गर्न सकिनेछ भने व्यक्तिगत रुपमा ९८०६२५५६२४ मा सम्पर्क गर्न सकिने छ ।