दाङ, २४ फागुन । हालै सम्पन्न नेपाल शिक्षक संघको अधिवेशन अन्तरगत भएको निर्वाचनबाट विजयी अध्यक्ष युवराज बस्नेत र प्रदेश प्रतिनिधि भिमकुमार न्यौपानेलाई श्रीसिद्धरत्ननाथ नमूना मावि नारायणपुरले आज सम्मान गरेको छ ।

feature0विद्यालयमा कार्यरत शिक्षकहरुलाई आज मंगलवार एक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै बधाई ज्ञापन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टोपबहादुर केसीले विद्यालयले जिल्लाको शिक्षक संघसंगठनको नेतृत्व गर्दै आएको बताउदै यसले जिल्लाको शैक्षिक विकासमा योगदान रहेको बताए ।

विद्यालयका निवर्तमान प्राचार्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीले नेतृत्व गर्न पाउनु एक अवसर भएको भन्दै अवसरको सदुपयोग गर्दै शैक्षिक विकासका लागि लाग्न अनुरोध गरे ।