नारायणपुर, २४ फागुन । सिद्धरत्ननाथ नमूना माध्यमिक नारायणपुरले स्वर्ण जयन्ती मनाउने भएको छ । स्थापना भएको ५० वर्ष पुरा गरि ५१ वर्षमा प्रवेश गर्न लागेको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउन लागेको हो । २०२४ साल वैशाख बुद्ध पूर्णीमामा स्थापना भएको यस विद्यालयले आगामी वुद्ध पूर्णीमाको अवसरमा स्वर्ण जयन्ती मनाउदैछ ।
स्वर्ण जयन्ती मनाउनकालागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी संयोजक रहेको आयोजक मूल समिति गठन गरेर तयारी थालेको छ । तयारी अन्तरगत आज मंगलवार विभिन्न उपसमितिहरु गठन गरिएको छ । मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षतामा भएको मूल आयोजम समितिको बैठकले उपसमितिहरु गठन गरेको हो । जसमा शिक्षक युवराज बस्नेत संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, शिक्षक भुपबहादुर रावत संयोजक रहेको साहित्यीक उपसमिति, विद्यालयका प्राचार्य टोपबहादुर केसी प्रधान सम्पादक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संरक्षक रहने गरि स्मारिका निर्माण तथा प्रकाशन उपसमिति, शिक्षक यज्ञबहादुर बस्नेत संयोजक रहेको अतिथि सत्कार तथा जलपान उपसमिति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी संयोजक रहेको मुल्यांकन तथा सम्मान उपसमिति, शिक्षक ईन्द्रध्वज बस्नेत संयोजक रहेको खेलकुद तथा पिटी प्रर्दशन उपसमिति गठन गरिएको छ ।
यस्तै शिक्षक राधा रावत सांयोजक रहेको पुरस्कार वितरण उपसमिति, शिक्षाप्रमी चित्रबहादुर डाँगी(निर्मल) संयोजक रहेको विज्ञापन तथा अर्थ संकलन उपसमिति, विद्यालयका पूर्व विद्यार्थी आर.के.शीतल संयोजक रहेको प्रचारप्रसार उपसमिति, शिक्षक अर्जुन रिजाल संयोजक रहेको सांस्कृति उपसमिति, शिक्षाप्रेमी सुशीला आचार्य संयोजक रहेको पदक निर्माण उपसमिति, शिक्षक लक्ष्मी केसी संयोजक रहेको स्वयम्सेवक परिचालन उपसमिति, शिक्षक गोकर्णप्रसाद खनाल संयोजक रहेको पूर्व विद्यार्थी समन्वय उपसमिति र शिक्षक केशवराज लामीछाने संयोजक रहेको विविध उपसमिित गठन गरिएको छ ।
