इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । नेकपा एमालेका केन्द्रीय उपमहासचिव धनश्याम भुसालले सप्तरीको घटना नेपालमा शान्ति नचाहाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सक्तिले घटाएको बताएका छन् ।
आज मंगलवार दाङको घोराहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले उक्त घटनालाई २०६४ मा माओवादीलाई सिध्याउने गरी गौर हत्याकाण्ड घटाए जस्तै नेकपा एमालेलाई पनि मधेसबाट सिध्याउने मनसायाले घटाइएको दावी गरे ।
उनले सोमवार भएको सप्तरीको गोली काण्डलाई गौर हत्याकाण्डको निरन्तरता र निर्वाचन हुन नदिने खेल भएको बताए । तर, उनले सो घटनामा सम्याम्ता अपनाउदै २७ गतेदेखि पुनः मेची–महाकाली अभियानलाई पार्टीले अघि वढाउने जानकारी दिए ।
हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउने उदेश्यले शुरु एमालेले यो अभियानको थालनी गरेको उनले उल्लेख गरे । सप्तरीमा भएको घटना एमाले लक्षित भएको भनिए पनि नेपाली जनतालाई एकतावद्ध गर्ने र राष्ट्रियताको पक्षमा काम गर्ने सबै खाले सक्तिमाथि हुन सक्ने उनको दावी छ ।
