शरद रेग्मी
दाङ, २४ फागुन । दाङको तुलसीपुरमा संचालित भइरहेको ‘क्लिन तुलसीपुर ग्रीन’ तुलसीपुर सरसफाई अभियानले दुई सय दिन पूरा गरेको छ । आज मंगलवार २९ औ हप्ताको सरसफाई अभियानसंगै यो अभियानले दुई सय दिन पुरा गरेको हो ।
सरसफाई अभियानमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार प्रेमप्रकाश वलीले समापनको अवसरमा आयोजकहरुलाई छमछमती नचाएका थिए । उनले यो अभियानले तुलसीपुरको सौन्दर्यता झल्किदै गएको भन्दै यो अभियानमा सबैको सहभागिता हुनुपर्ने वताए ।
विरेन्द्र चौकदेखि (घ) लाईन हु्ँदै वाहिनी चोकमा पुगी समापन गरिएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले वताए ।
