सप्तरी, २४ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत हिजो आयोजना भएको कार्यक्रमका क्रममा प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध मधेसी मोर्चाले आज अह्वान गरेको छ । बन्दका कार सप्तरी जिल्ला पूर्णरुपमा बन्द ठप्प छ ।
बन्दले गर्दा यहाँको यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था चलेका छैन् ।
आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडेको पाइएको छ ।
एमालेको अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा हिजो आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा तीनजनाको ज्यान गएको थियो भन दुई दर्जन कार्यकर्ता घाइते भएका थिए ।
