घोराही, २३ फागुन । नेपाली चलचित्र ‘पर्शुराम’ परिवारको आयोजनामा यसवर्षको होलीको अवसरमा घोराहीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ३० गते घोराहीको बालमन्दिरमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महेन्द्र बुढाथोकीले जानकारी दिए ।
कार्यक्रममा चलचीत्रका निर्देशक एन.आर.घिमीरे, गायक तथा संगीतकार टंक बुढाथोकी, लोकदोहोरी गायीका भुमिका गिरी, गायक विक्रम थापा, गायिका सरस्वती लामा, मोडल रिना थापा मगर, गायिका जानवी बस्नेत, गायक तथा ¥यापर राजेन्द्र भट्ट, गायिका सलिना विसीलगायतका कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका प्रचारप्रसार संयोजक आर.के.शितलले बताए ।
कार्यक्रमको सल्लाहकारमा बलिभद्र राना, खड्ग बुढाथोकी, सविन प्रियासन, पारश बस्नेत, राजभक्त राना, यादव सैघाली, केशरमान विसी, लेखराज डिसी रहेको सांस्कृतिक संयोजक सुनिल विसीले बताए ।