घोराही, २३ फागुन । भ्याली जुनियर क्रिकेट क्लब घोराही दाङले क्लबमा आवद्ध विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । क्लबले आज सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

ind photoक्लबका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं क्लबका सुल्लाहकार किशोरचन्द्र गौतमको प्रमुख आतिथ्य र दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा क्लबका सल्लाहकार विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं क्लवका सल्लाहकार सविन प्रियासन, रोशनमान श्रेष्ठ, अध्यक्ष सुदिप गौतमलाई सम्मान गरिएको थियो ।

यस्तै केही महिनाअघि थाईल्याण्डमा भएको ट्वान्टी–ट्वान्टी क्रिकेटमा विजयी टिममा सहभागी क्लबका खेलाडीहरु केशवप्रसाद शर्मा, सफलकुमार पुरी र उनका परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भ्याली जुनियर क्रिकेट क्लबका लागि जर्सी उपलब्ध गराउने दाङ लोटर्स ट्रेनिङ सेन्टरका सञ्चालकहरु निराजन भण्डारी, विशाल रोका र बलबहादुर बुढालाई पनि सम्मान गरिएको थियो ।

क्लबका सचिव दिपेन शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका सल्लाहकार राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शितल, क्लबका प्रशिक्षक देवेन्द्रसिंह ठकुरीलगायतले आफ्ना विचार राखेका थिए ।