दाङ, २३ फागुन । कांग्रेस सौडियार इकाइको आयोजनामा नेपाली कांग्रेसका क्रियाशील सदस्य सौडियार–९ का ईन्द्रबहादुर बोहराको निधन भएकोमा शोकसभा सम्पन्न भएको छ ।

feature-300x160कार्यक्रम ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं कांग्रेस पूर्वमहासमिति सदस्य भिमप्रकाश खड्काको प्रमुख आतिथ्य तथा कांग्रेस दाङ क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भण्डारीको विशिष्ठ आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा क्षेत्रीय सचिव बद्रिकुमार खड्का, सहसचिव प्रकाश सुवेदी, सदस्य रेखबहादुर वली, नेपाल तरुण दलका जिल्ला सदस्य विरबहादुर खत्री(विरु), मावि सौडियार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरद केसीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । सभाको सहजिकरण क्षेत्रीय प्रतिनीधी शिवराज वलीले गरेका थिए ।