सल्यान, २३ फागुन । सल्यानको त्रिवेणी गाविसलाई पूर्णखोप युक्त गाविस घोषणा गरिएको छ । आइतबार एक कार्याक्रमको आयोजना गरी सो गाविसलाई पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।

IMG_0855योसँगै जिल्लामा पूर्णखोप घोषणा हुने गाविसको संख्या तीन पुगेको छ । त्रिवेणीको लुहाम बजारमा आयोजित एक कार्यक्रममा स्थानीय विकास अधिकारी एवम् जिल्ला खोप समन्वय समितीका अध्यक्ष खिमबहादुर रायमाझीले पूर्णखोप गाविस घोषणा गर्दै त्रिवेणि स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष गोपाल केसीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा त्रिवेणि स्वास्थ्य चौकीका इन्चार्ज प्रभातकुमार श्रेष्ठले आफ्नो गाविसमा जन्मेदेखि १ वर्ष सम्मका सम्पूर्ण १ सय १४ वालवालिकाले विसिजि, डिपीटी, हेपाटाइटिस बी, दादुरा रुबेला जस्ता एघार प्रकारका खोप पूर्ण रुपमा प्राप्त गरिसकेको जनाए । र आगामी दिनमा पनि त्रिवेणिमा खोप पाउने सुनिश्चीतता रहेको बताएका थिए ।