घोराही, २२ फागुन । नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतममाथि प्रहरीले गरेको दुव्यवहारप्रति कांग्रेसका क्षेत्रीय, नगर, गाँउ तथा वडा समितिहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

feature-300x160गौतममाथि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्यबहादुर थापाले शुक्रवार दुव्यहावर एवं अपमानजनक व्यवहार गरेको भन्दै कांग्रेसका क्षेत्रीय, नगर, गाँउ तथा वडा समितिहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदी, ३ का सभापति भुपबहादुर डाँगी, ४ का सभापति जगतबहादुर खड्का र क्षेत्र नम्बर ५ का कार्यवाहक सभापति घनश्याम ढकाल, कांग्रेस घोराही नगर सभापति मनोज बुढाथोकी, त्रिपुर नगर सभापति दिपक पाण्डे, धर्ना गाविस सभापति विष्णुमणी दाहाल, सौडियार सभापति कर्र्णबहादुर बुढाथोकीले संयुक्त विज्ञप्ती निकालेर सामान्य घरायसी विवादका कारण केही व्यक्तीहरुलाई थुनेको विषयमा कुरा बुझ्न जादा नेता गौतमलाई दुव्यवहार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ ।