गोविन्द खड्का
घोराही, २२ फागुन। नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष एवं पत्रकार वास फोरम दाङका सल्लाहकार सविन प्रियासनलाई आईतवार घोराहीमा सम्मान गरिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता पत्रकार मंञ्चका संयोजक गोविन्द खड्काको अध्यक्षता एवं खानेपनी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख चोक प्रसाद धितालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

17176159_10210666367968666_1196595599_oपत्रकारहरु प्रति सकारात्मक देखिएका प्रमुख अतिथी धितालले नराम्रो केलाईदिन र राम्रोलाई हाईलाईट गरीदिन आग्रह गर्नुभयो । खानेपानी र सरसफाईलाई प्रभावकारी बनाउन के गर्ने सकिन्छ ? आफु सदैव तयार रहेको पत्रकार महासंघका अध्यक्ष एवं वास फोरमका सल्लाहकार प्रियासनले बताउनुभयो ।

सम्मान कार्यक्रममा वास फोरमका निवर्तमान संयोजक एवं नव निर्वाचिन नेपाल पत्रकार महासंघका केन्द्रिय पार्शद नरेन्द्र केसि, वास फोरमका सल्लाहकार एवं जिल्ला सरसफाई फोकल पर्सन तिलक न्योपाने लगाएतले सुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजिकरण वास फोरमका सदस्य अमरराज आचार्यले गर्नुभएको थियो ।