बागलुङ, २२ फागुन । मध्यपहाडी लोकमार्गअन्र्तगत वागलुङको रिघा गाविस वडा नं. ७ मनेवामा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ । पहिरोले लोकमार्ग अबरुद्ध भएको छ । पहिरोले बिद्युत केन्द्रीय प्रसारण लाईनको सातवटा पोल ढल्दा करेन्ट लागेर रिघाकी मनकुमारी नेपालीको ज्यान गएको हो ।
पहिरोबाट ढलेको बिद्युत पोलबाट घरमा जोडिएको तारमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर ५३ बर्षिया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ्गले जनाएको छ ।
लोकमार्गको एक सय ५० फिट माथिबाट भिषण पहिरो खसेर सडक पुर्णरुपले अबरुद्ध बनेको प्रहरी कर्यालयले जनाएको छ । दरमखोला हाईड्रोईनर्जी लिमिटेडले बिद्युत उत्पादनका लागि पाईप बिछ्रयाउने गरी सडक खनेको र सोही स्थानबाट सुख्खा पहिरो खसेको मध्यपहाडी लोकमार्ग बागलुङ्ग खण्डका इञ्जिनियर बद्री शर्माले बताए ।
अहिले पहिरो हटाउनका लागि सुरक्षाकर्मी र स्थानियको टोली खटिएको छ । करिब दुई मिटर लम्बाई र १५० मिटर चौडाई माथिबाट खसेको सुख्खा पहिरोले दरमखोला थुनिएको छ । अहिले ओभर फ्लो भएर पानी बगि रहेको छ । हिजोबाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेबाट भिषण पहिरो गएको थियो ।
