दाङ २२ फागुन । दाङको विकाससँगै संम्वृद्ध दाङ निमार्णका लागि सवैको एकता आवश्यक रहेको तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
आज रिपोर्टस क्लब नेपाल दाङले नेपाल पत्रकार महांसघ दाङका नवनिर्वाचित पदाधिकारी एवं सदस्यसहित बिभिन्न ब्यक्तिहरुलाई स्वागत एव सम्मान गर्न आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले दाङको बिकासका लागि सवै क्षेत्र एवं निकायहरुसँग सहकार्य आवश्यकता भएको औल्याएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका नवनिर्वाचित अध्यक्ष सविन प्रियासनले सम्वृद्ध दाङ निमार्ण गर्न सवैको सहयोग एवं हातेमालो आवश्यक रहेको औल्याए । उनले जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धि , संचारमाध्यमलाई वलियो बनाउनेसहित दाङलाई प्रादेशिक राजधानी बनाउन आफु लागिपर्ने बताए । अध्यष प्रियासनले आफुले महासंघलाई साझा बनाउदै घोराही केन्द्रित महासंघलाई बिकेन्द्रीकृत गरेर बिभिन्न स्थानमा पु¥याउने समेत बताए ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा राप्ती अंचल प्रहरी कार्यालय दाङका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, राप्ती अंञ्चल अस्पताल बिकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटा, शिक्षा बिद डा. घनश्याम डाँगी , तुलसीपुर सरोकार मञ्चका अध्यक्ष गोपिनाथ योगी , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव शुसिल वस्नेत, नेपाल पत्रकार महांसघका उपाध्यक्षद्धय लिला शाह र डिल्ली मल्ललगायतले आफना विचार राखेका थिए ।
