सिरहा, २२ फागुन । सिराह जिल्ला अदालत डा. सिके राउत लाई थप २० दिनसम्म थुनामा राख्न आदेश दिएको छ ।
राज्य विरुद्धको अपराध आरोपमा पक्राउ परेका राउतलाई चौथो पटक म्याद थप गर्दै थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
नेपाल राष्ट्र विखण्डन गर्ने गरी स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा पक्राउ गरी राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा प्रहरीले पक्राउ गरि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
